बुटवल, ११ मंसिर । रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा बहुउद्देश्यीय सामुदायिक सभाहल, सिवालय मन्दिर र दुर्गा मन्दिर निर्माण गर्ने उद्देश्यले श्रीमद् भागवत पितृ मोक्ष राष्ट्र शान्ति प्रेम महायज्ञ गर्ने तयारी गरिएको छ ।
सैनामैना नगरपालिका बुद्धनगर निवासी र जननी जनसेवा ट्रष्टको सुंक्त आयोजनामा यही मंसिरको २८ देखि पुसको ५ गते सम्म उक्त महायज्ञ गर्न लागिएको हो । उक्त तीन वटा भौतिक पूर्वाधार निर्माणकालागि करिव २ करोड रुपैंया लागत लाग्ने र सञ्चालन गर्न लागिएको महायज्ञबाट डेढ करोड आर्थिक संकलन गर्ने लक्ष्य लिईएको मुल आयोजक समितिले शनिबार यज्ञ स्थलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
करिव ५ कट्ठा क्षेत्रफल जग्गामा निर्माण गर्ने लक्ष्य लिईएको भौतिक पूर्वाधार निर्माणमा नपुग भएको रकम अन्य स्रोत खोजी गरी पुरा गर्ने महायज्ञ मुल आयोजक समितिका संयोजक ईश्वरी घिमिरेले बताउनु भयो ।
यज्ञ सम्पादन समितिका सल्लाहकार संयोजक जीवन ज्ञवालीले संस्कार र संगतियुक्त समाज निर्माणकालागि पनि यज्ञ तथा स्थापना हुने धार्मिक मन्दिरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पवित्र उद्देश्यले आयोजना गर्न लागिएको यज्ञमा सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।








