कपिलवस्तुमा आज विहान भएको सवारी दुर्घटनामा परी २ जनाको ज्यान गयो ।। ५ जना घाइते ।। ४ जनाको अवस्था गम्भिर ।।

307
0
SHARE

ओम प्रकाश पौडेल ।
कपिलवस्तु । मंसिर ४ ।
कपिलवस्तुमा आज भएको सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । दाङबाट बुटवल तर्फ जांदै गरेको ना ४ ख ७८९६ नम्बरको बस विपरित दिशाबाट आइरहेको म १ च ३९६ नम्बरको एम्बुलेन्ससंग आज विहान २ः४५ बजे वाणंगगा १० बुङचीमा ठोक्किएको हो ।
दुर्घटनामा परी कञ्चनपुर २२ बस्ने वर्ष ५५ सुव्वा राना र सोहि ठाउंका वर्ष ६० का मदिया रानाको लम्बिनि अञ्चल अस्पताल बुटवलमा उपचार क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस्तै घाइतेहरुको लुम्बिनि अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज भैरहवामा रिफर गरिएको प्रहरी जवान देव गुरुङ जानकारी दिनुभयो । सडकमा विग्रिएर रोकिराखेको गाडीलाई वास्ता नगरि बसले ओभरट्याक गर्दा सो दुर्घटना भएको हुन सक्ने र घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक विष्णु पोख्रेलले बताउनुभयो ।

NO COMMENTS

LEAVE A REPLY