नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले बिना एजेन्डा संविधान संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ ।
सिरहाको चोहर्वामा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान किन र कसका लागि संशोधन गर्ने प्रष्ट नभएसम्म संविधान संशोधनका लागि आफ्नो पार्टीले नसघाउने स्पष्ट पार्नुभयो ।
महासचिव पोखरेलले संविधान संशोधनको नाउँमा सरकारको ‘नजर कहीँ, निशाना कहीँ’ भएको टिप्पणी गर्दै संविधान संशोधनको औपचारिक प्रस्ताव नै अहिलेसम्म आएको छैन् भन्नुभयो ।
संविधान संशोधन गर्नुपर्ने खास एजेन्डा के हो ? त्यसको जानकारी आएको छैन् उहाँले भन्नुभयो–“किन र केका लागि संविधान संशोधन गर्नुपर्ने हो ? त्यो प्रष्ट पार्नुपर्छ, अनि मात्रै संविधान संशोधन बारे सोच्न सकिने छ ।








