दुश्मनलाई तर्साउन रुसले बनाउँदैछ नक्कली फाइटर प्लेन

283
0
SHARE

असोज २७, २०७३ रुसले दुश्मनलाई तर्साउनका लागि नक्कली टैंक , जेट र हतियार उत्पादन थालेको छ। यसरी तयार पारिएका नक्कली जेट, मिसाइल,टैंक र मिलिट्री ट्रकको प्रयोग युद्धमा हुनेछ। भ्रम छर्नका लागि तयार पारिदैंछ यि समाग्री अमेरिका तथा नाटोको सर्विलान्स सिस्टमले वा रडारले पनि यि हतियार नक्कली हुन् वा सक्कली भनेर पत्ता लगाउन सक्दैनन्। रुसले केवल ५ मिनेटमा यस्तो नक्कली टैंक तयार पार्न सक्छ। झट्ट हेर्दा यो वास्तविक टैंकजस्तै देखिन्छ। यस्ता नक्कली हतियारको प्रयोग अमेरिका तथा उसका सहयोगि देशले दोस्रो विश्‍वयुद्धमा गरेका थिए। द न्यूयोर्क टाइम्समा छापिएको समाचारका अनुसार रुसले अपनाउन लागेको यो तरिकालाई ‘मास्किर्वोका’ भनिन्छ। यसको अर्थ हुन्छ मास्किंग अर्थात बनावटी। युद्धमा प्रयोग हुने यो मनोवैज्ञानिक रणनीति हो। विपक्षी देशका आर्मीलाई सरप्राइज दिन तथा भ्रममा राख्नका लागि यस्तो प्रयोग गरिन्छ। रसबल कम्पनीले बनाउँछ नक्कली हतियार रुसका लागि यस्तो हतियार रसबल कम्पनीले बनाउँछ। यस कम्पनी हट बेलुन बनाउनका लागि चर्चित छ। यस कम्पनीले नक्कली MiG-31, Su-27 जस्ता फाइटर प्लेन, T-72 र T-80 जस्ता टैंक तयार गरिसकेको छ। त्यस्तै  S-300 सरफेस टु एयर मिसाइल बैटरी को कम्प्लीट भर्सन पनि यो कम्पनीसँग छ। यस कम्पनीले ५ मिनेटभित्रै T-80 ट्यांक बनाउने सामर्थ्य राख्छ।

NO COMMENTS

LEAVE A REPLY